आफूले आफैँ बुझ्न सकिन
आँशु लुकाएर हाँस्न सकिन ।
सपनाहरू सिसा झैँ टुटिगए
खुसी कहिल्यै पाउन सकिन ।
दु:खको रणमैदानमा चोट खाए
बिजयको हात पार्न सकिन ।
नियतिलाई देखेर दिक्क लग्यो
आनन्दको अनुभूत गर्न सकिन ।
सधै पसिना बगाउँदा पनि
जसको मोलै पाउन सकिन ।
जे. पी अन्जान
दोहा – कतार
२/०८/२०११
