हरपल यी आँखाहरू कसैलाई खोज्दैछ
लाखौंबीच आज यो मन उसैलाई रोज्दैछ
जून जस्तै मुहारमा ती चम्किला छन आँखा
एक मुस्कान छरिदिदाँ, गाउँछु मिठो भाका
अनायसै यो के भो? कोही मनसँग सोध्दैछ
लाखौंबीच आज यो मन उसैलाई रोज्दैछ
पाउन गाह्रो त्यो ज्यान अब, थाहा छ मलाई
आफैलाई जलाउँदैछु कोर्दै फेरि सलाई
नहानेरै लाग्छ वाण, पल्पल मुटु घोच्दैछ
लाखौंबीच आज यो मन उसैलाई रोज्दैछ
हरपल यी आँखाहरू कसैलाई खोज्दैछ
लाखौंबीच आज यो मन उसैलाई रोज्दैछ
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
