Skip to content

लपेटिएको ईज्जत

  • by


जन्मैदेखि विवश गराउने, मान्छे भित्र-भित्रै हराउने
कसैको नजरमा राम्रो देखाउने त कसैलाई शान्त गराउने
जिन्दगीको भर्याङ्गसँग डराउने सुन्नलाई बेइज्जत
कस्तो रहेछ संसारमा लपेटिएको ईज्जत

भोटो, भाङ्ग्रो अनि साडी र च्याद्दर, उकुस मुकुसमै मुस्काउने
बोल्दा र हिंड्दा अनि संसर्गमा कतै परे उसैलाई जिस्क्याउने
खण्ड खण्ड पारी शरिरभरि कहिलेकाहीं कल्पना गरी गरी
भागभण्डा पुर्याउनु पर्छ कहिले कम्मरै कसीने गरी

भन्नै परे पर्दामा लुकी, सुनसान रात झैं सबैसँग झुकी
नारीलाई कोल्टे पारी नजरमा, अक्रोस भाषण सबमा फुकी
छोरी, बुहारी-श्रीमती अनी आमा र केके हो केमा परी
साडी व्लाउज, धोती र कुर्था सबैमा बेरी बेरी

ईज्जतको ताँती लगाइ लगाइ, ओझेल पार्दै वेहाल जीवन
कस्तै परेपनि नबोल्नु ठूलो, सम्मानलाई बाँधी रिबन
चट्ट परी लगाई पोशाक जान्छौ र तिमी कहाँ
युग परिवर्तन गराइ तिमीले भूल्यो कि ईज्जत दिन

आफूलाई गर परिवर्तन तिमीले, फेशनको भकारी हो वेइज्जत
कस्तो रहेछ संसारमा लपेटिएको ईज्जत ५

(सुरज गिरी, शिवमन्दिर, न.प.)
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *