Skip to content

ट्राफिक आइल्यान्डको छेउमा

  • by


म हिड्ने सडकमा
मान्छेको ट्राफिक आइल्यान्ड बनेको छ ।

ऊ फुल्दैन कुनै फूलजस्तो
ओइलाई रहन्छ निरन्तर
ऊ हा“स्दैन कुनै फूलजस्तो
रोइरहन्छ निरन्तर ।

छु“दैन उसलाई पुस-माघको चिसोले
पोल्दैन उसलाई चैत-वैशाखको घामले
ऊ मान्छे हो
यन्त्रवत् बस्ने मान्छे
कहिले ऊ ‘माग्ने’ बनेर बस्छ
कहिले ऊ ‘पागल’ बनेर बस्छ
झुत्रो-झाम्रोको पर्याय बन्दै
यात्रुहरूको नजरमा
‘थुक्न’लायक विषय बन्छ ।
जङ्गली युगको प्रतिनिधि पात्रजस्तै
सहरयिाहरूलाई
हेला-होचोको विषय बन्छ ।
नाक थुन्न लायक ‘वस्तु’ बन्छ ।

गाउ“घरका बलेसीहरू
सुनसान हु“दा
सहरका पेटीहरू भरएिका हुन्छन् ।
गाउ“का विद्यालयहरू रिित्त“दा
सहरका चिया पसलमा कामदार बढ्छन् ।

लाग्छ अब सहरका
ट्राफिक आइल्यान्डहरू
मानव शरीरबाट बन्ने छन्
र, सहरका मान्छेहरू तिनैमाथि
निर्भीक भएर उभिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *