आजभोलि जसको पनि नजर खराब छ
खुले आम गर्छन यहाँ सहर खराब छ
इज्जत र प्रतिष्ठाको कुनै कदर छैन्
अनेक मान्छे छन् सारा रहर खराब छ
बैसको मातमा आकाश छुन्छन् सबैले
आफ्नो खोइरो खन्नेको उहर खराब छ
नसाभित्र बग्छन सबै नसाको मातमा
नौटङकी र बाहनाको खबर खराब छ
