मैले गाएको गीतमा

  • by


मैले गाएको गीतमा तिम्रै हँसिलो मुहार छ
मैले लाएको प्रीतमा तिम्रै रसिलो प्यार छ

मेरो दिनको घाम हौ तिमी, मेरो रातको जून
मेरो अधरको हाँसो तिमी, मेरो गीतको धून
मैले पाएको जीतमा तिम्रै जोसिलो पुकार छ

मेरो यौवनको रुप हौ तिमी, मेरो रूपको शृंगार
मेरो यात्राको बास हौ तिमी, मेरो पथको आधार
मैले चाहेको निदमा, तिम्रै सपनाको विचार छ

शब्द : भूपी शेरचन
स्वर : नारायण गोपाल/तारादेवी
संगीत : नातिकाजी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *