Skip to content

कविता

  • by
HomSuvedi

कविता कविता हुन्छ शब्दमा भाव खारिए
कविता रमिता हुन्छ शब्दमात्र थुपारिए ।।

शब्दमा भावको केही जहाँ हुन्न विलक्षण
नगरे हुन्छ त्यस्ताले कविता लेख्नमा मन ।।

शब्दमा खेल जो गर्छन् अङ्क जोड घटाउँछन्
कविता कविता भन्दै भोटै मात्र फटाउँछन् ।।

प्रतिभासाथ अभ्यास व्युत्पत्ति आदिले अझ
माझ्दछन् कवितालाई कविता तब बन्दछ ।

भावका साथ लालित्य शब्दमा नरहेपछि
के बनोस् कविता त्यस्तो बान्की नै नभएपछि ।।

आफ्नो अस्तित्व बेचेर आफ्नै पेट फुलाउनु
बनेर देशको भक्त अनि के गीत गाउनु ।।

– होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *