Skip to content

बाँच्नुको अर्थ रहेन मेरो, मरौं त यौवन छ


न डुब्न सके न तर्न सके जीवनको डुङ्गामा
न झर्न सके न हाँस्न सके फूलको थुङ्गामा !

तरेर पारि सकेन जान, बिचैमा दोभान छ
बाँच्नुको अर्थ रहेन मेरो, मरौं त यौवन छ
बिलौना मेरो सुनेनौ दैव, के पुजौँ डुङ्गामा ?
न झर्न सके न हाँस्न सके फूलको थुङ्गामा !

धेरै ऋतु बदलिरह्यो बदलिएन मेरो दिन
बोक्नुछ सधैं पीरको भारी रुनुछ छिनको छिन,
ठिकै छ दैव हार्दिन अब, बाँच्नेछु छँागामा,
खपेर चोट हाँस्नेछु सधैं फूलको थुङ्गमा!

न डुब्न सके न तर्न सके जीवनको डुङ्गामा
न झर्न सके न हाँस्न सके फूलको थुङ्गमा !

राजेश रुम्बा लामा “अतृप्त”
१६-०८-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *