Skip to content


थोत्रो क्यालेन्डर
पुराना विचारधाराको
विदाइ सँग-सँगै
सबैको घर आँगनीमा
दैलो चोटा, बुइगल हुँदै
आमाले छोराप्रति गर्ने
कर्तव्य महसुस गर्दै
बालक हाँसेजस्तै
कोइली नाचेजस्तै
नयाँ उडान
नवीन मार्ग खोज्दै
एउटा नौलो बिहानीको
लालित्यसँगै
इतिहासको स्वणिर्म
कालखण्डभित्र
एउटापछि आउने
अर्को युगको
प्रतिनिधित्व गर्दै
आस्थाको सगरमाथा बोकेर
स्थायी शान्ति र
नयाँ संविधानको
खाका तयार गर्नका लागि
राष्ट्र र राष्ट्रियताको
शङ्खघोस गर्दै
माटोमा सुनगाथा
हत्केलामा गुराँस
फुलाउने
मीठो सपना बोकेर
एउटा बलियो शान्ति लिएर
नयाँ संस्कारबाट
नयाँ सङ्घारबाट
उदायो सुन्दर
लालीमय गुराँस फुलेको वसन्त

हालः काठमाडौँ

युवामञ्च २०६८ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *