हामीले हिजो पनि
यो भूमिलाई
आफ्नो देश ठान्यौं
आज पनि
आफ्नै ठानेका छौं
तर देशलाई न हिजो
आफ्नो ठान्यौं
न आज आफ्नो ठानेको छ
कति हामी मात्र
देशलाई आफ्नो ठानिरहने ।
यो हाम्रो देश
तर हामी मात्र जनता
हामीलाई देशले
बाँच्ने हावा दिएको छ । बस्
एकाइसौं शताब्दीका हामी मान्छे,
देशले आफूलाई केही नदिए पनि
आफूले देशलाई केही दिनुपर्छ भन्ने
महान् वाणीहरू
सुन्दै, बुझे जस्तो गरी
बाँचेका छौं ।
देशको अस्तित्व बचाउन नत्र
अन्यथा ठहरिने डर छ,
देश द्रोहीको बिल्ला
कसैको टाउकोमा लाग्न सक्छ ।
देश बेच्नेहरू यहाँ
देश मुक्त
हामीले यो देशलाई
पसिना दिएका छौं
शक्ति र पाखुरा दिएका छौं
बुद्धि र मस्तिष्क दिएका छौं
अन्न रोपेका छौं
फलाएका छौं अन्नहरू
तै पनि
हाम्रा अन्न बालीहरूमा
केही सोर्यहरूले
स्रोत र बताउने गरी
दगुर्दा पनि हामी
चुपचाप सहि रहन्छौं
बस् हामीले
देशलाई धोका दिन जानेका छैनौं
हामीलाई हाम्रा बाजे कुनै
देश बचाउन सिकाए
मरेर पनि आफू
देश बचाउन भने
त्यसैले देश बँचाउन हामी
भने तत्पर छौं
तर कहिलेसम्म
हामी मात्र देशका लागि मरिरहने
देश नक्सा मात्र हो ?
युवामञ्च २०६८ बैशाख
