साथ भई देऊ समय, सँग चल्न सकुँ
पत्थरलाई गुलाबमा, म बदल्न सकुँ
चन्द्रमाको बयान छोडेँ, अधि आई बस
चन्द्रमुखी अनुहार, म टहल्न सकुँ
एकार्काको छाँया बनी, जहाँ जता जाउँ
बिहानसँगै उदाएर, साँझ ढल्न सकुँ
मरुभुमी जीवनभित्र, वसन्त भएर
हरियाली पातहरू , बनी पल्न सकुँ
छैन चाह उजेलीको, म मा घाम बन्ने
अधेरीको जुनकिरी, जस्तै बल्न सकुँ

अरे वाह वाह,धेरै उत्कृष्ठ
अरे वाह वाह,धेरै उत्कृष्ठ गजल,सूये जीको…………