Skip to content

साथ भई देऊ समय, सँग चल्न सकुँ


साथ भई देऊ समय, सँग चल्न सकुँ
पत्थरलाई गुलाबमा, म बदल्न सकुँ

चन्द्रमाको बयान छोडेँ, अधि आई बस
चन्द्रमुखी अनुहार, म टहल्न सकुँ

एकार्काको छाँया बनी, जहाँ जता जाउँ
बिहानसँगै उदाएर, साँझ ढल्न सकुँ

मरुभुमी जीवनभित्र, वसन्त भएर
हरियाली पातहरू , बनी पल्न सकुँ

छैन चाह उजेलीको, म मा घाम बन्ने
अधेरीको जुनकिरी, जस्तै बल्न सकुँ

1 thought on “साथ भई देऊ समय, सँग चल्न सकुँ”

  1. अरे वाह वाह,धेरै उत्कृष्ठ
    अरे वाह वाह,धेरै उत्कृष्ठ गजल,सूये जीको…………

Leave a Reply

Your email address will not be published. Required fields are marked *