Skip to content

अचेल पीडाको घार भएकोछु
फेरि मान्छेको शिकार भएकोछु

बजाए धेरैले हुँदा सारङ्गी
अहिले चुँडिएको तार भएकोछु

निर्वाध चिथोर्छन, हरेक पल
मुर्छा त्यसैले बारम्बार भएकोछु

निस्सासिएर अभावको भीडमा
कसरीभनुँमपारभएकोछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *