Skip to content

रात ढल्दै गयो म गल्दै छु

  • by


रात ढल्दै गयो म गल्दै छु
तिम्रो यादमा फेरि जल्दै छु

तिमी बदली सकेकी छ्यौ
म किन मनलाई छल्दै छु

तिमी बिना गन्तब्य कहाँ
बेहोशीमै कताकता चल्दै छु

पूजामा नखोज मलाई भो
म त भट्टी-भट्टी ढल्दै छु

भाग यो या भाग्य, भोग्नै पर्ने
आफ्नै खुशीमा आँसु दल्दै छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *