Skip to content

नाकै खस्ने नाउँ भो हजुर


नाकै खस्ने नाउँ भो हजुर,
आफैं गिर्ने भाउ भो हजुर ।

बिहेपछि कोकल-कण्ठी
कानै फुट्ने घाउ भो हजुर ।

ब्यथा पोखुँ लमी छैन
भागी बिहे झ्याउ भो हजुर ।

कथा उस्को स्वर्ग दिने
अंश खाने दाउ भो हजुर ।

लोलो पोतो चिप्लो घसी
मलाई कुट्ने गाउँ भो हजुर ।

छोरो जन्म्यो निलो आँखा
दुधै बेच्ने बाउ भो हजुर ।

http://www.facebook.com/SenileDude

Leave a Reply

Your email address will not be published. Required fields are marked *