Skip to content

सुनिंदैन यो वनमा, कुहूँ कुहूँ बोली अचेल


सुनिंदैन यो वनमा, कुहूँ कुहूँ बोली अचेल
मेरी मनकी कोइली कतातिर होली अचेल !

पिएर उसको सुमधुर बोली, रुपै मदिरा-
बग्दैन यो छातीमा,आनन्दको खोली अचेल!

ऊ बिना यो वनै रित्तो, मनै रित्तो, तनै रित्तो छ
भरिएको छैन मेरो, पिरतीको झोली अचेल !

फुले यी वन पाखाहरुमा, फूलहरु ढकमक्क –
सजिएन तर एउटा सपनीको डोली अचेल !

लिएर आँसुको नजराना, भए

पछि टाढा-
लाउँछे कि कोइलीले, फूलबुट्टे चोली अचेल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *