तिमीलाई पाउन सकिन भने के भन्छन दुनियाँले
यसरी नै बौलाउँदै हिडे भने के भन्छन दुनियाँले
तिमीलाई नै जिन्दगी भनेर सजाए, सारा संसारलाई चिनाए
तिमी नै सुख, तिमी नै प्राप्ति, तिमी नै लक्ष्य बनाए
अब तिमीलाई नै निस्ठुरी भन्न थाले भने के भन्छन दुनियाँले
यसरी भौतारिँदै हिड्न थाले भने के भन्छन दुनियाँले
