Skip to content

मेरै गल्ती भए भन किन मनमा राख्छौ?


हिजोसम्म प्यारो ठान्थ्यौ किन टाढा भाग्छौ?
मेरै गल्ती भए भन किन मनमा राख्छौ?

शायद सुख चाहे होला म त पीरमा छु
मर्नु बाँच्नु छटपटिँदै तिखो झिरमा छु
खाको वाचा पुरा गर किन सीमा नाग्छौ
मेरै गल्ती भए भन किन मनमा राख्छौ

हरेक पल मेरै सामु हुन्छु भने होइन ?
दुख्यो भने मेरो मुटु रुन्छु भने होइन ?
टुक्रिसक्यो मेरो मुटु भन के के माग्छौ ?
मेरै गल्ती भए भन किन मनमा राख्छौ ?

दिल मिल्यो दुख भाँडे तिमीले साथ दियौ
डुब्न लाग्दा पीरको दहमा तिमीले हात दियौ
आजकल किन तर्की हिंड्दै मलाई छुरा ताक्छौ?
मेरै गल्ती भए भन किन मनमा राख्छौ ?

हिजोसम्म प्यारो ठान्थ्यौ किन टाढा भाग्छौ?
मेरै गल्ती भए भन किन मनमा राख्छौ?

राजेश रुम्बा लामा “अतृप्त”
०६०९२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *