साहित्यिक बिधामा दामी नामी कहलायौ मोती
शृङ्गारिक गजल लेखी दिल बहलायौ मोती
भक्ति मात्रै दर्शन ठान्नेहरू जन्मे त्यति बेला
भक्तिधार तोडेर तिनीलाई तहलायौ मोती
छट्पटिए मानिस नविनतम् सृजनाको लागि
गर्यौ यस्तो रचना सारा मुटु सहलायौ मोती
गर्यौ नित्य साधना अमरत्व प्राप्त गर्नलाई
भावविम्व सशक्त तिम्रो दुबो झैँ मौलायौ मोती
पुरातन सोचाई भङ्ग गर्यौ, प्रर्वतक बन्यौ
कालखण्डै बदल्दै नौलो चलन चलायौ मोती
राजेश रुम्बा लामा “अतृप्त”
०९-०९-२०११
मोती जयन्तिको उपलक्षमा (मोती बिशेष) दोहामा बाचन गरेका मेरा गजल ।
हजुरहरूलाई नि भाँडे है, गल्ती धेरै भए परिमार्जन गर्न पाम ।
