सुनसान रात, सुनसान सडक
कहिले यो भित्ता कहिले त्यो भित्ता
जस्तै त्यो भित्ताले पनि उसका अतितहरू खोल्दै छ,
हेर, आज फेरि एउटा जँडिया बोल्दै छ ।
कराउँछ पनि गाउँछ पनि
एक छिन मौन हुन्छ, अनि रमाउँछ पनि
यस्तो लाग्छ-
उसका अतितका पल पलले उसलाई पोल्दै छ
हिड्ने बाटो भुल्दै भुल्दै
हेर, आज फेरि एउटा जँडिया बोल्दै छ ।
कहिले बल्छ, कहिले गल्छ
कहिले ढल्छ, कहिले चल्छ
हिड्ने मान्छे त सधैँ लड्छ
यहाँ लड्ने मान्छे हिँड्दै छ
संघर्ष गर्दै, जुध्दै जुध्दै
हेर, आज फेरि एउटा जँडिया बोल्दै छ ।

Beautifully composed!!
Beautifully composed!!