“गीत”
रोकिन्न म तिमी जल्दा,क्षितिज कट्नुछ
तिम्रो बाधा केहि होइन,ठुलैसंग डटनुछ
———————————-
पानी माथि ओबानो बन,तिम्रै जित भयो
तिमी देखि तर्किंदा,तिमीलाई हित भयो
यति मात्रै नसम्झा भो,अझै अघि बट्नुछ
तिम्र
ो बाधा केहि होइन,ठुलैसंग डटनुछ
———————————-
बिचालित्को खोस्टा ओढी,झुक्ने छैन म
चट्टान बन लगाउ ठेस,दुख्ने छैन म
उद्देश्यको कुम्लो बोकी,शिखर चढ्नुछ
तिम्रो बाधा केहि होइन,ठुलैसंग डटनुछ
———————————-
सत्य लुकाई जुटो देखाई हिंड्नु पर्ने थियौ
प्रस्ट भयो आफ्नु पराइ चिन्नु पर्ने थिऔ
रोकिन्न म तिमी जल्दा,क्षितिज कट्नुछ
तिम्रो बाधा केहि होइन,ठुलैसंग डटनुछ
——————————-
राजेश रुम्बा लामा “अतृप्त”
१३-०९-२०११
