डिनरको स्वाद लिँदा लाली चढ्यो हरमा हजुर
प्रिय डिस्को-डान्सतिर छोरो रोयो घरमा हजुर
तिमीले गर्दा सबै छुटे संगी फुटे मलाई नछेक
नाता हाम्रो लोग्ने-स्वास्नी कायम छ दरमा हजुर
अंश लिनु अधिकार, स्वतन्त्रता महिला कानुन
अरुलाई पोसाएर नाच्छिन् मेरै थरमा हजुर
होटलमा केटा च्यापी भोलिपल्ट घरमा आउँछिन्
भन्न पनि लाज मर्दो बाँच्नु कसको भरमा हजुर
नेपालको महिला कानुन बनाउने आफै जानुन
नेपालमा आज-भोलि रुवावासी वरमा हजुर
बसन्तमोहन अधिकारी
चितवन

बसन्त मोहनको डिनरको स्वाद
नमस्कार
सुन्दै आएको अनि गोप्य राख्न खोजिएको सत्य कथा… र कसै कसैको देख्दै आएको ब्येथा…
कसैले त यो कथा लेख्नै पर्थियो…
हजुर बसन्त मोहन अधिकारीले मिठो तरिकामा लेख्नु भयो
हृदय देखिनकै मेरो धन्येबाद