मन भत्केपछि के गर्छौ ?
गल्छौ कि फेरि मुद्धा हाल्छौ?
रित्तिएको छ यहाँ पेट
केही नखाई झारा टार्छौ?
पच्दैन अब मिठो कुरा
दर्शनले शरिर छेक्छौ ?
सबैतिर डर धम्की छ
अवाक हुँदै त्यसै हिँड्छौ?
मन सिउनु पर्छ मनले
बेसुर छौ कि केही बोल्छौ ?
गजलकार: बिबेक दुलाल छेत्री “दमक”
वास्तविक नाम: भानु भक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यु ए ई
