Skip to content

थाहा पाऊँ कसो गरी

  • by

अचानक हुन्छ सबै थोक यहाँ थाहा पाऊँ कसो गरी,
फैलिएको विवशता छ छातीभरि पोखुँ यहाँ कसो गरी ।
थाहै नपाई संवेदना आइपुग्छ जिन्दगीमा जसो गरी,
अचानक हुन्छ सबै थोक यहाँ थाहा पाऊँ कसो गरी ।।
फैलिएको विवशता छ छातीभरि पोखुँ यहाँ कसो गरी ।।

तिरस्कृत हुँदा रन्थनिँदै मन रोइदिन्छ यहाँ एक्लोपना मै,
पिर र वेदनाका आँसु छल्किन्छ उम्लिएर बगिरहन्छ जसो गरी ।
प्रतिवेदनाको राह ताक्दा ताक्दै रसहीन बन्यो अमूल्य जीवन,
अचानक हुन्छ सबै थोक यहाँ थाहा पाऊँ कसो गरी ।।
फैलिएको विवशता छ छातीभरि पोखुँ यहाँ कसो गरी ।।

विरङ्गीत मनको मझेरीमा दस्तक दिन्छ भूँमरा झैं रसभरि,
रागी मनलाई बैरागी बनाइदिन्छ अमिलो बनाई जसो गरी ।
सुचित नहुँदै बगिजान्छ विहानीको लाली छर्लङ्ग चारैतिर भयो कसो गरी
अचानक हुन्छ सबै थोक यहाँ थाहा पाऊँ कसो गरी ।।
फैलिएको विवशता छ छातीभरि पोखुँ यहाँ कसो गरी ।।

कल्पनामा निदाउँदै रहेछु विपनाको कुरा कस्लाई के थाहा,
सम्पूर्ण जीवन समप्र्याई बैगुनीले दुःख दियो जसो गरी ।
क्रन्दन प्रेमको पक्षमा पोखियो हराएको माया सम्झी
अचानक हुन्छ सबै थोक यहाँ थाहा पाऊँ कसो गरी ।।
फैलिएको विवशता छ छातीभरि पोखुँ यहाँ कसो गरी ।।

सुरज गिरी (कावासोती, नवलपरासी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *