हिमाल भन्दा अटल छ हाम्रो माया,
अनि सागर भन्दा गहिरो छ हाम्रो माया !
आकाश भन्दा निश्चल छ हाम्रो माया,
चखेवाको जोडी झैं स्वच्छ छ हाम्रो माया !
सुनी रहेका होला सुसेलिका धुन हरु,
डांडा पारी सुरिला ति सल्लाका पात हरुले !
साँची राख तिम्रा ति खाली सिउँदो,
सजाउने छु मेरा यी कोमल हात हरुले !
