Skip to content

सुन्यताका ती दरबारहरू, आज त्यसै भत्किएपछि


सुन्दर शब्द उनका आज
त्यसै त्यसै ओइलिएपछि
साना साना आशा आज
जताततै खोजिरहेछु

बिलासिले जिन्दगिलाई
त्यसै जुठो परेपछि
निथ्रुक्क भिजेका सोखहरू
सकी नसकी निचोरिरहेछु

चर्किएका ति बेदनामा
फेरि आज बज्रियपछि
छचल्किएका थोपाहरू
हत्केलाले पुछिरहेछु

सुन्यताका ती दरबारहरू
आज त्यसै भत्किएपछि
आकांक्षाले सुन्लिन भनी
हृदयमा च्यापिरहेछु

http://suvashshahthakuri.blogspot.com/2011/09/blog-post_5942.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *