“गीत”
मलाई दुख्दा हाँस्यौ आज,तिमीलाई दुख्दा रुन्थें म
तिम्रो निम्ति खुशी ल्याउन,अनेक कुरा गुन्थें म
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
मलाई के थाहा तिम्रो दुखाइ,आफु डुब्ने ताल हो भन्ने
दु:ख बिसाई खुशी खोस्ने,निर्मुहीको चाल हो भन्ने
बर्षाद पछी लाली ल्याउन,बलेसी भै चुन्थें म
तिम्रो निम्ति खुशी ल्याउन,अनेक कुरा गुन्थें म
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
जल्न खोजे नसम्झिनु तिमीले खुशी पा’देखि
मात्र मुटु दुखेको हो,झुटो माया ला’देखि
तिमीलाई थ
ाहाछ खुशी खोज्दै तिम्रै लागि उन्थें म
तिम्रो निम्ति खुशी ल्याउन,अनेक कुरा गुन्थें म
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
मलाई दुख्दा हाँस्यौ आज,तिमीलाई दुख्दा रुन्थें म
तिम्रो निम्ति खुशी ल्याउन,अनेक कुरा गुन्थें म
———-राजेश रुम्बा लामा “अतृप्त”
२७-०९-२०११