घर सम्झी परदेशी भई बसेको छु आमा,
जमरा र टिका प्रसाद पठाइदिनु आमा ।
आउन पाइन यो दशैंमा यस्तै भयो आमा,
अर्को साल फर्की आउछु माया बोकी आमा ।
भाई बहिनीलाई लगाइदिनु टिका आसिर्बाद,
मुल थाममा दुबो टिका लगाइदिनु आमा ।
रातो माटो, कालो माटो, सेतो माटो लगाई,
रंगी-चंगी फूल मालाले सजाउनु आमा ।
दुर्गा माता साक्षी राखी छितिज पारिबाट,
कुरी बस्नु दियो बाली बाटो हेरी आमा ।
