Skip to content


टापु थियो उभिएको म
चिच्याउँदै थिए जनताहरू
वेदना थियो रोदन थियो
भन्दै थिए एक अर्कासँग
हाम्रो त देश बेचियो रे !

कति मूल्यमा बेचियो होला ?
कसले बेच्यो होला ?
किन बेचियो होला ?
सबै कुरा अन्जान थियो
तर सत्य थियो देश बेचियो रे !

रुँदै थिए भन्दै थिए
तीन करोड नेपालीहरू
हाम्रो मूल्य कति पर्यो होला ?
जलस्रोत, सम्पदाको कति पर्यो होला ?
तर कौडीको भाउमा देश बेचियो रे !

झसक्क व्यूझेँ अनि सोच्न थालेँ
यो त सपना पो रहेछ
म त निद्रामा पो रहेछु
तर यथार्थमा यस्तै भन्नु नपरोस्
हाम्रो त देश बेचियो रे !

Leave a Reply

Your email address will not be published. Required fields are marked *