Skip to content

परेलीमा मोतीजस्तै आँसु टल्कियो

  • by


परेलीमा मोतीजस्तै आँसु टल्कियो
मुटुभित्र विरहको आगो सल्कियो ।

प्रेम-प्रीति गाँसेपछि यस्तै हुन्छ रे
सुरा अनि सुन्दरीमा नेता पल्कियो ।

भ्रष्टाचारी चरित्रको राष्ट्र सेवाले
वेदनाको मार्गतिर देश ढल्कियो ।

पार्वतीका निम्ति मैले फूल सुम्पिँदा
शिवजीको मुस्कानमा काँडा झल्कियो ।

भोले बाबा धन्य तिम्रो कार्य-कक्षमा
सागरझैँ मदिराको भेल छल्कियो ।

विराटनगर

मधुपर्क २०६८ कार्तिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *