बादल गह्रौ भए वर्षाद हुने
मन गह्रौ भए अश्रु वर्षा हुने ।
मन पनि उड्ने बादल पनि उड्ने
थाम्न नसकेपछि दुवै बर्सने ।
मनको तरङ्ग जसरी माथि उड्छ
बादलको केस्रा उस्तै माथि उढ्छ
भाव र बादल उस्तै हुने रैछ
गह्रौ भएपछि दुबै बर्सने रैछ ।
गल्छीबाट डाँडातिर उडेको माथि
डाँडामाथि बस्दाखेरि हुने रै’छ समाधि
मनको भावभित्र बादल पसेजस्तो
कहिलेकाही बादलभित्र मन पसेजस्तो ।
मधुपर्क २०६८ कार्तिक
