चलिरहेकै थियो जिन्दगी
गुडिरहेकै, उडिरहेकै थियो जिन्दगी
कहाँ, कसरी कहिले पन्चर भयो
कसरी उड्ने मनको पखेटा काटियो
गुड्न छाडेको छ
फुल्न छाडेको छ
परिवर्तनशील उकाली, ओराली र भिराली
पछारिएर फेरि जुर्मुराएर उठ्ने, गुड्ने, उड्ने,
निरन्तर यात्रामा फुलिरहने
अजम्बरी होइन-ओइलिने फूल नै जीवन थियो ।
मधुपर्क २०६८ कार्तिक
