माचुओ वाशो १६४४-९४ हाइकु साहित्यका आधार स्तम्भ हुन । हाइकाइ ताङका का विशिष्ट कविका रुपमा समेत कहलाएका वाशोले हाइकाइ ३१ अक्षरीय लाई १७ अक्षरीय ५-७-५ उत्कृष्ट लघुत्तम रुपमा प्रस्तुत गरेर जापानी वाङमयमा सुनौलो आयाम थपे ।
तेइतोकु र दानरीन शैलि गहनताका साथ बुझेर हाइकाइका क्षेत्रमा थप निखारता ल्याए । वाशोलाई हाइकु सम्राट भनिन्छ । एदो कालका अग्राणी कवि वाशोले यात्रा गरेर हाइकु लेख्न रुचाउँथे । वाशोका सात वटा कृतिहरु सग्रहका रुपमा प्रकाशित भएका छन ।
हाइकु सम्राट माचुओ वाशोको जन्म सन १६४४ मा तत्कालिन इगा प्राप्तको उएनो भन्ने ठाँउमा भएको हो । उनि सामुराइ परिवारका सदस्य हुन । उनका पिता तल्लो स्तरका लडाकु दस्ता थिए । जम्मा सात छोरा छारीमा वाशो कान्छा थिए । उनका पिताले वाशोलाई पनि लडाकु दस्तामै भर्ना होओस भन्ने चाहन्थे । तर सानै उमेर देखि नै लेखनमा रुचि राख्ने वाशोले वुवाको रुचि तर्फ त्यति चासो दिएनन । स्थानीय जमिन्दार तोदो योशिदाताको घरमा जागीरे बैठके रहेका वाशोले सन १९६६ मा पदबाट राजिनामा दिएका थिए । तोदो योशिदाताको घरमा जागीरेको रुपमा छँदा त्यो परिवारका गुरु कितामुरा किगिनसँग कविता लेख्ने कला सिकिसकेका थिए वाशोले । कलिलो उमेरमा नै कविता विशेष गरी हाइकाइको बारेमा राम्रो ज्ञान पाएका वाशो तेह्र वर्षको हुँदा सन १६५७ मा लेखिएको कविता नै उनि र्ारा लिखित प्रथम अभिलेखात्मक कविता मानिन्छ ।
जापानी सँस्कारमा प्रत्येक वर्ष एउटा न एउटा जनावरको नाम विशेष वर्ष हुन्छ । बाह्र वर्ष सम्म क्रमिक रुपले चक्र घुमिरहन्छ । यस्तै क्रममा सन १६५६ बाँदर वर्ष सन १६५७ चरा वर्ष र सन १६५८ कुकुर वर्ष परेको सन्दर्भमा बाशोर्ारा लिखित पहिलो कवितालाइ साहित्यकार क्षेत्रप्रताप अधिकारीले सत्र अक्षरीय सरचनामा यसरी बदल्नुहुन्छ ।
साथी रहेछ
बाँदर कुकुरको
यो चरा वर्ष ।
अहिले आएर वाशोलाई हाइकु कविका रुपमा चिनिए पनि तत्कालिन समयमा यिनि होक्कु कविको रुपमा प्रख्यात थिए । किनभने हाइकु नमाकरण गर्ने कवि त उन्नाइसौं शताब्दीका मासाओका शिकी १८६७ -१९०२ हुन ।
वाशोले कति वर्षको उमेरबाट हाइकु लेखनारम्भ गरे भन्ने विषयमा इतिहास नै प्रस्ट छैन । कसैले सन १६५७ मा लखिएको कवितालाइ नै हाइकु लेखारम्भ भनि टिप्पणी गर्छन भने कसैले १६६२ १८ वर्षको उमेर बाट लेख्न थालेको धारणा राख्दछन । हाइकु विद प्रा। राम कुमार पाँडे चाँहि १८ वर्ष केटौली उमेर देखि नै वाशोले हाइकु लेख्न थालेको कुरालाई समर्थन जनाउनु हुन्छ ।
सन १६५६ मा आङ्गना पिता गुमाएका वाशोले सन १६६६ मा तोदो योशिदातालाई समेत गुमाए । उनले एक्लो महसुस गर्न थाले । चिन्तित भए । योशिदाताको निधन लगत्तै उनको राजिनामा आयो । सन १६७२ मा वाशो एदोमा बसाई सरे । तत्कालिन एदोलाई हाल टोक्यो भनिन्छ । ग्रामिण बसाइ भन्दा शहरीया बसाइमा उनले व्यक्तित्व विकासको लागि अवसर र सम्भावना दुवै देखेको हुनु पर्छ । एदो वसाइका सुरुका दिनहरु कष्टप्रद बने । साहित्यिक गतिविधिमा भन्दा सेइखाचुको लागि झिना मसिना काममा अल्झिन पुगे । तर पनि लगनशिलता र प्रतिष्ठाले गर्दा त्यहाँ उनले एउटा हाइकाइ सकलन तयार गर्ने अवसर प्राप्त गरे । प्राचिन सस्कृति र लयलाई प्यारोडीका रुपमा पनि निकाले । झन प्रतिष्ठीत र चर्चित बन्दै गए ।
एदो प्रवेशको दुई वर्षपछि वाशोले हाइकु पाठाशाला खोले । उनी हाइकुको सेन्सेइ बने । उनको पाठशालामा थुप्रै विद्यार्थीहरु हाइकुका बारेमा पढन आए । वाशोको पाठशालामा पढन आउने पहिलो व्यक्ति किकाकु नाम गरेका व्यक्ति हुन । जो पछि नाम चलेका कविका रुपमा गनिए । पाठशाला खोलेपछि वाशोलाइ झन धेरैले चिन्दै गए । पाठशालाहरु बिस्तार गरिए । चेलाहरु बढे ।
सन १६८० मा उनले आङ्गना २० जना चेलाको उत्तम कविताहरुको सकलन प्रकाशन गरे । यि २० जनामा सबै जसो अल्लारे युवा कविहरु थिए । यसको प्रकाशनबाट चेलाहरुलाइ थप हौसला मिल्यो भने वाशो पनि उत्साही बने । वाशोले जेनवादी चिन्तनको बारेमा धेरै सोधि खोजी गरे । आध्यात्मिक ज्ञान समेत लिए । उनलाइ यस कार्यमा सघाउने प्रमुख व्यक्ति उनकै छिमेकी बुचो थिए ।
शहरीया भौतिकवादी जीवन वाशोलाइ मन परेन । येश त मिल्यो तर शान्ति मिलेन । सन्तुष्टि भएन । त्यसैले उनी यात्रामा निस्कने निचोडमा पुगे । यात्रा आरम्भ गर्नु अघि फुकागावा बसाइ सरे ।जहाँ उनलै आङ्गनो नाम वाशो राखेका थिए ।
वाशो एक नाम अनेक
त्यसबेला जापानमा उपनाम राख्ने लहर चलेको थियो । साहित्यकर्मि कला कर्मि मात्र हैन तत्कालिन राजनितिक अनुहार र युवा जमात पनि उपनाम राख्न निकै अगाडि देखिएका थिए । यो लहरले वाशोलाई पनि छोएको देखिन्छ । वाशोको बाल्यकालको नाम किनसाकु थियो । माचुओ मुनेफुसाको नामबाट पनि उनलाई धेरैले चिने । जन्मथलोबाट लत्कालिन एदो हाल टाक्यो मा बसाइ सरे लगत्तै नाम तोसेइ राखेका थिए यिनले । सोबो नामबाट पनि प्रशस्त हाइकाइ लेखे । अन्तमा उनलाइ चिनाउन सबैभन्दा उपयुक्त नाम माचुओ वाशो ठहरीयो । वाशो नाम रहनुको पछाडी एउटा रमाइलो प्रसँग जाडिएको छ ।
सन १६८१ तिर वाशोले एदो शहरमै आफू बस्ने छाप्रो नजिक केराको बोट लागए । तर कसै-कसैले केराको बोट मुन्तिरै छाप्रो बनाएर बसेको पनि भन्ने गरेका छन । जापानी भाषामा वाशो भन्नाले एक जातको केरा अर्थात केराको बोट भन्ने अर्थ आउँछ । वाशोलाइ भेटन आउने आगन्तुकहरु एवं उनका चेलाहरुले उनको निवासलाइ वासोघर वासोएन अर्थात केराघर भन्ने गर्दथे । यहि नामले व्यापकता पाउँदै गयो । सबैले चिन्दै सुन्दै र भन्दै गए । आखिरमा उनलाई माचुओ वाशो भन्न थालियो । माचुओ उनको थर हो भने वाशो उनको नाम हो ।
वाल्यकालदेखि नै वाशो प्रकृति प्रेमि थिए । विशेष गरि उनलाई केराको बोट मन पथ्र्याे । त्यही भएरै होला सन १६८१ मा छाप्रो नजिकै केराको बोट रोपेका । भनिन्छ – केराकै बोट हेरेर उनले धेरै हाइकु लेखे । प्राकृतिक बिम्व र प्रतीक फेला पारे र हाइकुमा रोमााचक सदुपयोग गरे ।
वाशोको यात्रा जीवन
सन १६६६ मा तोदो योशदिाताको निधन भए पछीको वाशोको जीवन यात्रामा रुमलिन थाल्यो । उनले पटक पटक बसाइ सरे । पाठशाला खोल्ने क्रममा विभिन्न ठाँउमा पुगे । खास भन्नु पर्दा सन १६६६ पछीका अधिकांश समय वाशोले घुमफिरमा बिताए । तर वाशोले वास्तविक यात्राको आरम्भ भने १६८४ मा गरेका थिए । १६८३ मा आमाको निधन भएकोले आङ्गनी आमाको श्रद्धान्जली खातिर पनि उनि यात्रा गर्ने निधोमा पुगेका हुन ।
शुरुमा उनि राजधानीबाट पश्चिम तर्फ लागे । जहाँ अध्यात्मिक ज्ञान लिए जेन गुरुहरुबाट । आध्यात्मिक ज्ञानलाइ काव्यिक मालामा उन्ने काम पनि जारी राखे । एक महिने पश्चिम यात्रा पछि आङ्गनै जन्म थलो उएनो तर्फ लागे । जन्म थलो छोडेबाट अहिलेसम्म धेरै परिर्वन भैसकेका थिए । वाशो दंग परे । भौतिक परिवर्तन त छँदै थियो । साथमा उनका प्रशंसक र स्थानीय कविहरुको भेला गराए ।
केहि समय जन्मथलो बसाइ पछी वाशो नागोया तर्फ लागे । नागोया जाँदा उनले उएनो बाट केही कविहरुको टोली बनाएर लगेका थिए । टोलीको नेतृत्वमा रहँदा रहँदै फुयु नो िहÚ को सृजना गरे । जुन सृजना पाँच खण्डमा विभक्त थियो । तगत्तै वाशो नारा पुगे । त्यसपछि ओगाकी र क्योटोको पनि रुचि पूर्वक भ्रमण गरे । र यस सिजनको यात्रा सकेर एदो फर्किए ।
फेरी सन १६८७ मा काशिमा बाट यात्रा शुरु गरे । जुन शहर एदोको उत्तर पूर्वमा पर्छ । यसै यात्रासँग सम्बन्धित रहि æकाशिमा किको Æ सिर्जना गरे । उत्तरी शहर काशिमाबाट उनि सिधै उएनो फर्किए । उएनोमा पनि थकाइ मारेनन वाशोले । यात्रा जारी गर्दै राख्दा सुमा र आकाशी तर्फ हानिए । यस चरणको यात्रा यिनले सारासिमा गएर विश्राम लिए । झण्डै १० महिना लामो यस यात्रामा दुइवटा महत्वपूर्ण पुस्तक लेखे । यात्राका क्रममा भेटिएका देखिएका सौन्दर्यता र भोग्नु परेका अवस्थालाई काव्यिक रंग दिन वाशो सफल भए । सारासिमा किको र ओइनोबोवुमि सन १६८८ यस बेलाका उपलब्धि हुन । यात्राबाट वाशोले धेरै कुराहरु सिक्न पाए र आफुले सिकेका कुराहरु चेलाहरुलाई सिकाए । उनी सन्तुष्ट बने यस यात्राबाट । यात्रालाइ फलदायी ठाने । यात्रा गर्ने रहर सेलाएन । झन झन जाग्दै गयो । सारासिमासम्म यात्रा गरी एक वर्ष विश्राम लिएका वाशोले सन १६८९ मा पुन यात्रालाई निरन्तरता दिए । वसन्त ऋतुको आरम्भ सँगसँगै होन्शु तर्फ लागे । सेन्दाइ माचुसीमा हुँदै यशिनोमाकी सम्म पुगे ।
फेरी त्यहाँबाट पश्चिमतर्फ लागे । उनी किसागाता पनि पुगे । कानाजावा र निगाताको यात्रा गर्दै ओगाकी पुगेर आङ्गनो यात्रा अभियानलाई विश्राम दिए । यो उनको अन्तिम चरणको यात्रा थियो । यसबेला झण्डै साढे पाँच महिनाको अवधि यात्रामा बिताए । दुरीको हिसाबमा चौबिस सय २४०० किलो मिटर भन्दा बढी यात्रा गरे ।
यात्राले वाशोलाई साच्चै नै वाशो बन्न ठूलो भूमिका खेलेको छ । यात्राको कारणले नै वाशो महान कवि बन्न सफल भए । यस अवधिमा नै यिनले ओकुनो होशो मिचि लेखे । ओकुनो होशो मिचि त जापानी साहित्यिक इतिहासमा नै एउटा उपलब्धि मुलक पुस्तक हो । जापानी विद्यालय तथा विश्व विद्यालयहरुमा वाशोको पुस्तक तथा उनका बारेमा कुनै न कुनै रुपमा पढाईन्छ । वाशो को हुन भन्ने कुरा प्रत्येक विद्यार्थीलाई चिनाइएको हुन्छ सिकाइएको हुन्छ ।
वाशोका यात्रापछिका दिनहरु पनि फलदायी साबित भए । लेखन कार्यलाई रोकेनन वाशोले । ओकुनो होशो मिचि १६८९ गेन्जुआन नोकि १६९० सामामिनो १६९१ सागानिक्कि १६९१ उनका महत्वपूर्ण कृतिहरु निस्किए । सन १६९१ मा वाशो एदो फर्किए । त्यहाँ उनलाई चेला र प्रशंसकहरुको धुइरोले छोडेन । उनि साहै्र व्यस्त भए । त्यस बेला त उनलाई सुसारे समेतको व्यवस्था गरिएको थियो । वाशोले सन १६९४ को वर्षा याममा क्युशुको यात्रा गर्ने उद्देश्यले घरबाट निस्किए । तर ओसाकामा पुग्दा पेट सम्बन्धी बिरामी परी २८ नोभेम्बरमा संसार छोडे । सन १९९४ मा यात्रा आरम्भ भए लगत्तै उनको देहान्त भएकोले सन १६८९ को यत्रालाई नै वाशोको जीवनको अन्तिम चरणको यात्रा भनिएको छ ।
वाशोको पुरानो ताल
वाशोर्ारा लिखित पुरानो ताल हाइकु अहिले विश्व प्रसिद्ध छ । कैयौं भाषा र भाषिकाहरुमा समेत अनुवाद भइसकेका छन । एक पटक पढने जो कोहीको पनि जन जिब्रोमा झुण्डिने खालको छ यो हाइकु ।
जापानी भाषामा
फुरु इके या
कावाजु तोबिकोमु
मिजुनो ओतो !
यस हाइकुलाई विभिन्न नेपाली साहित्यकारहरुले आ-आङ्गनै ढंगबाट यसरी अनुवाद गर्छन ।
जीर्ण पोखरी
भ्यागुतोको छलाङ्घ
पानीको स्वर
-क्षेत्र प्रताप अधिकारी
पुरानो ताल
भ्यागुतो उपि्रुदियो
पानीको शब्द
-स्व। शंकर लामीछाने
पुरानो पोखी
फुत्त छप्ल्याङ्घ
भ्यागुतो ।
– डा। अभि सुबेदी
बुढो पोखरी
भ्यागुतो उपि्रुदियो
जल आवाज
– प्रा। राम कुमार पाँडे
पुरानो कुण्ड
भ्यागुता हाम्फाल्दछ
छालको ध्वनी
-गाविन्द गिरी ‘प्रेरणा’
पुरानो ताल
भ्यागुतो उपि्रुदिन्छ
पानीको स्वर
– प्रकाश पौडेल ‘माइला’
यसै गरि हाइकुका महाकवि वाशोको अर्काे हाइकुलाई निवन्धकार स्व। शंकर लामीछाने यसरी अनुवाद गर्नुहुन्छ ।
जापानी भाषामा –
सिजुकासा या ५
इवानी सिमिइरु ७
सेमी नो कोइ ५
नेपाली भाषामा
कस्तो निस्तब्ध ५
ड्ढयाउँकिरीको शब्द ७
डुब्छु ढुङ्घामा ५
रुपरेखा २०२७ असोज अंक पेज ३०
अन्तमा
हाइकु वासना
कोइली चरी
निवास बिस्रदैछ
बसन्त ऋतु ।
छानो उडायो
बाहै्रमास चल्ने यो
आँधि तुफान ।
हावाको झोक्का
साकुराले फुरुरु
भुई रंग्यायो ।
यो चिप्लो बाटो
प्रेमिकाको प्रतीक्षा
पानी पर्दैछ ।
हाँगामा बिस
फूल टिप्न खोज्दामा
जवानी बित्यो ।
घामले पोल्दा
निद्राबाट ब्यूझिएँ
चरा उडदैछन
प्रकाश पौडेल माइला
गुाजनगर-४ चितवन
हाल ः योकोहामा जापान
फोन ः०८०-६६३९-३१३२
इमेल ः poudelprakash575@hotmail.com; poudelprakash575@yahoo.com
१९५ आंै भानु जयन्तीको अवसरमा अन्तराष्टिरय नेपाली साहित्य समाज अनेसास जापानको २७ जुलाई २००८ मा टोकियोमा आयोजित ‘भानु जयन्ती’ कार्यक्रममा प्रकाश पौडैल ‘माइला’ द्वारा प्रस्तुत ः

kumar ji,
sorry la
kumar ji,
sorry la font ko problem parechha.milchha bhane milaunus la…
हाइकु अध्ययन गर्नेहरूको लागि
हाइकु अध्ययन गर्नेहरूको लागि अति उपयोगी सामग्री ! विश्लेषणको लागि धेरै धन्यवाद छ!
प्रकाशजीको खोजपरक लेखका लागि
प्रकाशजीको खोजपरक लेखका लागि हार्दिक धन्यवाद !
साँच्चै गजब पारा हुँदो रहेछ अनुवादमा पनि !
जापानी भूमिमा हाइकु जन्मे बढेको भन्नेछ !
आखिरमा यो हाइकु बारेको लेख हो हाइकु त हैन नि!
लेखको स्रोत संदर्भ सामग्री खुलाउन सके उत्तम हुनेछ!
सुधार्न र थप्न मिले र तद्नुरूप कार्य हुन सके उत्तम हुनेथियो !
नन्दलाल जी र कुमार जी लाई
नन्दलाल जी र कुमार जी लाई धन्यवाद