सयपत्री मखमली मला बनाउन थाले गाँउघरतिर
देउसी अनि भैलो गीत गाउँन थाले गाँउघरतिर
दसैँ गयो तिहार आयो रमाउँदैछन केटाकेटी
आगनिमा लिङे पिङ समाउन थाले गाँउघरतिर
के केटाकेटी के बुढाबुढी उत्सब छ सबै मा
कौडा अनि जुवतासमा रमाउन थाले गाँउघरतिर
आनरसा फिनिरोटी अनि गोला सेलरोटि
तेल हाली ताइभित्र घुमाउन थाले गाँउघरतिर
दिदीबहिनी दाजुभाइको उत्सब यो तिहारमा
निधार मा सप्तरंगी टीका सजाउन थाले गाँउघरतिर

like
like