Skip to content


हरि हरि मैले चिनेन कि – ठेट नेपाली होइनौ कि – —–
पैसा पाय देसै बेच्ने – नेता भए जनतै भुल्ने

हरि हरि मैले चिनेन कि देशका नेता होइनौ कि——-

कसो गर्दा के हुने हो केही थाहा छैन
राजनीतिमै बुढा भयौ देशमा शान्ति छैन

हरि हरि मैले चिनेन कि देशद्रोही पर्यौ कि———

धनको लागि मान्छे काट्ने
मिठा कुराले मान्छे ढाँट्ने
सपथ खाँदा हिन्दी बोल्ने

हरि हरि मैले बुझिन कि नेपालीभाषी होइनौ कि – ——

बिदेशीको बुइमा चढी अस्थीरता ल्याउने
दानवका आम्ने साम्ने उनकै गुण गाउने

हरि हरि बुशलाई चिनेनौ कि राजनीतिज्ञ होइनौ कि – —–

कोशी बेच्यौ काली बेच्यौ – बेच्यौ टनकपुर
भाग्ने कुम्लो बोकी सक्यौ – भैसक्यौ बेसुर

हरि हरि मैले बुझिन कि – तिम्रो भाग्ने ठाउँ छैन कि – —–

जंगल बेच्यौ बुटी बेच्यौ – बेच्यौ मुर्ती पनि
राता टिका लाउदै गर्छौ – मै हुँ हिन्दू भनी

हरि हरि मैले बुझिन कि असली हिन्दू होइनौ कि – ———-

मैले चिनेन कि राष्ट्र प्रेमी होइनौ कि – ————
मैले चिनेन कि धोकेवाज रहेछौ कि – ————-

1 thought on “मैले चिनेन कि”

Leave a Reply

Your email address will not be published. Required fields are marked *