Skip to content

नझस्काउ मुटु हाँसेर टार्नु,पागल थियो त्यो भनि

“गीत”
अलि-अलि गर्दै निको हुनेछ,छोड यी मेरा घाउ
दुख्न देउ यो छाती सहन्छु म,प्रियतम तिमी जाउ
_______________________________
अरु त केहि सकेन दिन,लगि जाउ कहानी
कोरेर राख्नु स्मृति भित्र,त्योइ राख्नु सिरानी
मलाई नि चाहिन्न तिम्रो खुशी,याद मात्रै बनि आउ
दुख्न देउ यो छाती सहन्छु म,प्रियतम तिमी जाउ
________________________________
कुनै बेला म नि आउन सक्ला,तिमी माझ याद बनि
नझस्काउ मुटु हाँसेर टार्नु,पागल थियो त्यो भनि
हेर्ने छु आकास तिम्रो वियोगमा,जून बनि सँधै छाउ
दुख्न देउ यो छाती सहन्छु म,प्रियतम तिमी जाउ
_________________________________
अलि-अलि गर्दै निको हुनेछ,छोड यी मेरा घाउ
दुख्न देउ यो छाती सहन्छु म,प्रियतम तिमी जाउ
___________________________
राजेश रुम्बा ला

मा “अतृप्त”
०५-११-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *