हाँसी हाँसी माया जाल कति छिटो बुन्छ्यौ तिमी
ओठ टोकी हेरिदिँदा मेरो मन छुन्छ्यौ तिमी
तिम्रो साथ पाएँ भनें धेरै खुशी हुन्थें होला
माया रुपी जेल भित्र कति मीठो थुन्छ्यौ तिमी
हावासँगै उड्दै जान्छु भीर पाखा घुम्दै जान्छु
संधै मेरो यात्रा भरि अघि पछि हुन्छ्यौ तिमी
चोखो बैंश सजाएर बसन्तमा फूल्या देख्छु
तिम्रो लागि लेखिएका कति गीत सुन्छ्यौ तिमी
कोइलीको भाकासँगै मिठो गीत गायौ आज
कल्पनाको बँगैचामा कति धेरै रुन्छ्यौ तिमी
शरदको पूर्णिमा झैँ टह टह तिम्रो रूप
त्यसै आफैं टल्किने त्यो हिरा कति धुन्छ्यौ तिमी
