आँगनीमा सयपत्री न फुले नि हुथ्यो
मखमली गोदावरी नझुले नि हुन्थ्यो ।
एउटा माइती दुर देश तिहारको बेला
के गरौ खै, पापी शरद न खुले नि हुन्थ्यो ।
देउसी भौलो गाउँ गाउँमा टोली बनाएर
मुटु जल्छ यसपाली चैँ न डुले नि हुन्थ्यो ।
बाटो हेर्छु टोलाएर बर्ष महिना गर्दै
माइती राजा आउने बाटो न भुले नि हुथ्यो ।
नेपालीहरुको दोस्रो ठुलो चाड दिपावलीको अबसरमा संसारका कुना काप्चामा रहेका समस्त नेपाली मनहरुमा शुभ-दिपावलीको हार्दिक मङ्गलमय शुभकामना ब्याक्त गर्दछौँ ।
तिर्थ”यात्री”पौडेल + सीता “गुरागाई” पौडेल

