“गीत”
क्षितिज तिर हेर प्रिय,लाली छाको छ
तिमीले मैले प्रित लाउने,बेला आको छ
________________________
चुल्ठी बाटी खेतको गह्र,धान झुलाउदै
शिशिरयाम ल्यायो हेर,बैशा फूलाउदै
मलाई पनि यै मंगसिरमा,आँटौ भाको छ
तिमीले मैले प्रित लाउने,बेला आको छ
________________________
सुन्दै छु म घन्की सक्यो,पारि नौमती
मनमा कुरा खेल्छ अन्यक.लाग्छ काउकुती
तिमीलाई पनि मलाई जस्तै,भा झैँ लाको छ
तिमीले मैले प्रित लाउने,बेला आको छ
_________________________
क्षितिज तिर हेर प्रिय,लाली छाको छ
तिमीले मैले प्रित लाउने,बेला आको छ
>राजेश रुम्बा लामा “अतृप्त”
०६-११-२०११
