हुन सकेनौ मिठो अनुराग तिमी
किन भएनौ वसन्तको बाग तिमी?
आस्था अघोर गरी दूध पिलाएथें
त्यही अमृत पिई बन्यौ नाग तिमी
टिप्न कमल हिलो दल्दै लत्पतिएँ
भयौ मेटिनै नसकिने दाग तिमी
देख्यौ सुन्दर आफ्नो प्रिय भन्दा अरु
भैगो मित्रता तोडी उतै लाग तिमी
याद आउँदा तिम्रो हिजो ढुक्क हुन्थें
आज बन्यौ आतंकित दिमाग तिमी
बिना तामाङ
काठमाण्डौं
