के के सुन्छु आजभोलि मनहरू चर्क्यो अरे
नेपालीका घाउमाथि नुनचुक छर्क्यो अरे
छङ्छङ् गर्दै बग्ने रोसी, सप्तकोशी छेकेपछि
नागबेली नदिहरू उर्लिएर फर्क्यो अरे
मेहनती हातहरू खियाउँदै हिड्नेहरू
कस्तो रिस गरे कुन्नि कम्मर पो मर्क्यो अरे
राष्ट्रभक्ति देखाउँदै उच्च तह ओगट्नेले
गरीब ती जनमाथि निष्ठुरी भै झर्क्यो अरे
हिजो सम्म नाता जोडी छिमेकी हुँ भन्नेहरू
आपत् पर्या देखेपछि परैबाट तर्क्यो अरे
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
