सोह्र वर्षे जवानीको भर हुन्न हजूर,
बर्खे भेलले बगाई लाला मन तिम्रो हजूर।
सुगन्धले भरिपूर्ण फक्रिएको फूल,
रस चुस्ने भमराको भर हुन्न हजूर ।
गगन चुम्ने रहर हुन्छ उर्लँदो जवानी,
बेहोसीमा बिचार गरे, होस गुम्ला हजूर ।
लट्ठ पर्ने जवानी त्यों यौवनले तिम्रो,
बात लाग्ला जवानीको भर हुन्न हजूर ।
पापी नजर पर्न सक्छ जवानीमा तिम्रो,
आफ्नै भनी पछ्याउने को भर हुन्न हजूर ।
