राजेश रुम्बा लामा “अतृप्त”
दोहा, कतार ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टर र नवोदित साहित्यिक मोबाईल पुस्तकालय कतारद्वारा संयुक्त रुपमा आयोजित १०२ औ लक्ष्मी जयन्ती समारोह दोहास्थित ढाका रेष्टुरेन्टमा ११ नोभेम्बर शुक्रबारका दिन भव्यताका साथ सम्पन्न भएको छ ।

बरिष्ठ समालोचक प्रा.डा.गोविन्दराज भट्टराईज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा आयोजकका तर्फबाट सागर अजनाबीले कतारी श्रमिक डायास्पोरा र नेपाली साहित्यको स्थितिका बारेमा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रमुख अतिथि भट्टराईज्यूले ‘साहित्य नै जाति परिचायक दर्पण हो’ बिषयक एक घण्टा लामो डायास्पोरिक साहित्यको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
अनेसास-नवोदित मासिक वाचन शृंखलाको आठौँ डबली समेत रहेको उक्त कार्यक्रममा बिभिन्न बिधाका झन्डै तीन दर्जन बेसी सर्जकहरूले आ-आफ्ना रचनाहरू वाचन गरेका थिए ।
कार्यक्रम अनेसास कतार च्याप्टरका अध्यक्ष हेमन्त परदेशीको सभापतित्व र नवोदित साहित्यिक मोबाईल पुस्तकालयका का.बा. अध्यक्ष समेत रहनु भएका उपाध्यक्ष तीर्थ संगम राईको सञ्चालनमा सम्पन्न भएको थियो भने रेडियो संदेश १०३ थोप्लो ९ मेगाहर्ज सुरुङ्गा झापाले त्यसको प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।
