अनौठो यो जिन्दगी आँशु पिई बाँच्नु पर्यो
हाँस्ने रहर हुदापनि मन भित्र भित्रै मर्यो
सधैंभरि उदासी छु हाँसी बोल्न रहरै भयो
लर्केको यो जवानी पनि आँशु पिएरै गयो ।
बिलौना गरि रुँदा पनि निष्ठुरीले छाडी गयो
त्यसैले यो जिन्दगी सधैंभरि उदासी भयो ।
कहिले उनको खुसीमा पागलजस्तै हाँसीरहेँ
कहिले उनको तड्पाईमा आँशु पिई बाँचिरहेँ ।
उदास पिई आँशु पिई यो जोवान जानी भयो
आखिर मेरो नाम पनि त उदासी नै रह्यो ।
लुकाएर स्वार्थलाई स्वाभिमानी बनेँ पनि
मरेतुल्य बनायो मन एउटै चोटले पनि ।
थाहा छ सक्दैनौ तिमी साँचो मायाँ दिन
फेरि पनि मनभरि कल्पना घरिघरि किन ।
तिमीलाई देखेपछि मोहानी नै लागेजस्तो
झुटो हो की साँचो खै तिमी कस्तो कस्तो ।
हृदयदेखिको मायाँ तिमीलाई नै दिएँ मैले
आखिर एक्लै बिलौना यहाँ गर्दैछु अहिले ।
यति ठुलो संसारमा एक्लै भै बाँच्नु पर्यो
जसलाई ज्यान दिएँ मैले उसैले नै घात गर्यो ।
पोखरा, हाल – रिग्गा कुवैत
