Skip to content


अनौठो यो जिन्दगी आँशु पिई बाँच्नु पर्यो ‎
हाँस्ने रहर हुदापनि मन भित्र भित्रै मर्यो ‎
सधैंभरि उदासी छु हाँसी बोल्न रहरै भयो
लर्केको यो जवानी पनि आँशु पिएरै गयो ।

बिलौना गरि रुँदा पनि निष्ठुरीले छाडी गयो ‎
त्यसैले यो जिन्दगी सधैंभरि उदासी भयो ।
कहिले उनको खुसीमा पागलजस्तै हाँसीरहेँ
कहिले उनको तड्पाईमा आँशु पिई बाँचिरहेँ ।

उदास पिई आँशु पिई यो जोवान जानी भयो
आखिर मेरो नाम पनि त उदासी नै रह्यो ।
लुकाएर स्वार्थलाई स्वाभिमानी बनेँ पनि ‎
मरेतुल्य बनायो मन एउटै चोटले पनि ।

थाहा छ सक्दैनौ तिमी साँचो मायाँ दिन ‎
फेरि पनि मनभरि कल्पना घरिघरि किन ।
तिमीलाई देखेपछि मोहानी नै लागेजस्तो ‎
झुटो हो की साँचो खै तिमी कस्तो कस्तो ।

हृदयदेखिको मायाँ तिमीलाई नै दिएँ मैले ‎
आखिर एक्लै बिलौना यहाँ गर्दैछु अहिले ।
यति ठुलो संसारमा एक्लै भै बाँच्नु पर्यो ‎
जसलाई ज्यान दिएँ मैले उसैले नै घात गर्यो ।

पोखरा, हाल – रिग्गा कुवैत ‎

Leave a Reply

Your email address will not be published. Required fields are marked *