हिमाच्छादित शिखरहरू हेरेर
हरित वन सम्पदाभित्र डुलेर
प्राचीन कलाकृतिको अवलोकन गर्दै
नौरङ्गी डाँफेको हुलमा आफूलाई मिसाउँदै
बाँचिरहेको छु म ।
देशसँगको यो सान्निध्यले
मेरो हृदयभरि हर्ष उम्रिएका छन् ।
मेरो देशले दिएको मोहिनी मायाले
लेक, बेंसी, पहाड, पखेरा नन्दन भएका छन् ।
लडाकुहरूको देश भन्छ विश्व इतिहासले
मन्दिरहरूको देश भन्छ विश्व इतिहासले
हिमालहरूको देश र कलाकृतिको देश भनेर
भन्न चुक्दैन त्यो विश्व इतिहासले ।
यति धेरै सम्मानको दोसल्ला ओढेर
विश्वको अगाडि सगरमाथा अग्ल्याएर
विभूषित भएको भूस्वर्गको रसानुभूतिमा पौडिएर
नेपाली भएर बाँच्न पाएकोमा
हाँसिरहेको छु म ।

वात्सल्यवक्ष भएकी नेपाल आमा
समस्त सन्तान छातीमा आटाउँछिन्
आफ्नै गर्भबाट
अरनिकोहरू अनि
भृकुटीहरू जन्माएर
परदेशमा ख्याति कमाउँछिन्
कहिले पासाङ लिएर
इज्जत सगसमाथा ओढाउँछिन्
कहिले सीताहरू जन्माएर
सभ्यता सिकाउँछिन् ।
स्वाभिमान उचाल्दै
लुम्बिनीका माया देवी र बुद्ध लिएर
शान्तिको बिगुल फुक्छिन् ।
कहिले फेवामा अनुहार चियाउँछिन्
छातीमाथि कोसी, गण्डकी, नारायणी,
कणर्ाली बगाउँदै
सन्तानको हेरचाहमा जुट्छिन्
यस्तो पुण्यभूमि
महान् नेपालको सन्तान भएकोमा
आफूलाई धन्य ठान्दै
नेपालीको परिचय बोकेर
चुचुरोबाट संसार चियाउँछु म ।

युवामञ्च २०६८ असार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *