अस्तिको ट्राफिक
स्टेरिङ घुमाउदै चालकासनमा
हिजो पनि तिमी रोडमा थियौ
चाकरी, चाप्लुसीका हात मोलेर
निश्चित म्यादको करारमा
ट्राफिक दाइ !
तिमी आज सिट्ठी फुकिरहेछौ
आग्रह/पूर्वाग्रहको तिम्रो विकृत मानसिकता
दक्षिणकालाई छोडिरहेछौ
उत्तरकालाई छोडिरहेछौ
पश्चिमकालाई पनि थोरै मात्रामा
पूर्वकालाई ठप्प रोकिरहेछौ
आजका नेता र पार्टीले जस्तै
तिमी निषेधको राजनीति गरिरहेछौ
यो लामो चक्काजाम र
तिम्रो एकलकाटे निषेधाज्ञा
धैर्यताको बाँध फुटेपछि
बगाउँछ बाढीले तिमीलाई पनि
उडाउँछ हावाले तिमीलाई पनि
तिम्रो भगवान् पनि रिसाउन सक्छ
तिमीलाई चालकमा मिसाउन सक्छ
तिम्रो करारको अवधि पनि
तिम्रो आफ्नै नहुन सक्छ
ट्राफिक दाइ !
राजा ज्ञानेन्द्रको त भविष्य भएन
हिटलर त, पछि हिटलर रहेन
तिमी त करारको ट्राफिक
तिमी त कृपाको ट्राफिक
तिम्रो अहम्को महलको के भर ?
तिम्रो सिट्ठी र टोपीको के भर ??
तिम्रो भविष्यको के भर ???
कृष्णगर्त, खोटाङ
मो.नं. ९७५३००४३६०

bartamanlai pakrane poem
gajab lekhnu vae6 sir,
हिटलर त, पछि हिटलर रहेन
तिमी त करारको ट्राफिक
तिमी त कृपाको ट्राफिक
तिम्रो अहम्को महलको के भर ?
तिम्रो सिट्ठी र टोपीको के भर ??
तिम्रो भविष्यको के भर ???
कृष्णगर्त, खोटाङ
मो.नं