Skip to content

उसैको यादमा डुबेर बिहानीको प्रहर फाट्यो


उसैको यादमा डुबेर बिहानीको प्रहर फाट्यो
तिमी मेरो मुटुको टुक्रा भनी उसले ढाट्यो

कतिसम्म जाली रैछ स्वार्थी मन काली रैछ
हृदयमा जलन छोडेर मिर्मिरेमै बाटो काट्यो

तिम्रै हुँ जूनीभरि भुल्दिन भन्थ्यो केही गरी
छेपारोको झैं रुप फेरि पिरतीको डोरी बाट्यो

अघाएसि फेक्ने बानी कागजको फूल ठानी
मलाई दिएको सिंगो जीवन अरुसँग साट्यो

गीता थापा (दोषी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *