Skip to content

कति प्रहर गर्छौ दैव के छ ममा खोट ?


यौटै यो मुटुमाथि लाखौँ भयो चोट
कति प्रहार गर्छौ दैव के छ ममा खोट ?

चाह पनि गरे थिएन डालीमाथि फूल्न
न त रहर गरें मैले निलो गगन डुल्न
आँशुसँगै हाँसो बग्दा बाँझै थियो ओंठ
कति प्रहार गर्छौ दैव केछ ममा खोट ?

साहस बोकी दियो बाल्छु पलपल हुरी चल्दा
लाचार मलाई नठान दैव कुनै पल म ढल्दा
असिनाले चुटी राख्छौ मेरो मनको बोट
अति भयो अब दैव केछ ममा खोट ?

यौटै यो मुटु माथि लाखौँ भयो चोट
कति प्रहार गर्छौ दैव केछ ममा खोट ?

राजेश रुम्बा लामा “अतृप्त”
२५११२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *