Skip to content

सुस्त सुस्त बग्ने मनको आज, छाल बेग्लै भो!

सुस्त सुस्त बग्ने मनको आज, छाल बेग्लै भो!
कहिले आँधि कहिले पवन, चाल बेग्लै भो!!

[वसन्तमा रम्न खोज्दा, तुसारोले ढाक्यो आज]२
दिन एउटै महिना एउटै, साल बेग्लै भो!!
[कहिले आँधि कहिले पवन, चाल बेग्लै भो!!]

[खै कस्तो कोरिएछ आफ्नै जिन्दगीको गित पनि]
शब्द उहि संगित सुर उहि, ताल बेग्लै भो!
[कहिले आँधि कहिले पवन चाल, बेग्लै भो!!]

[सपनाको खेति गरी झुटै झुटमा सत्य खोजेँ]२
चोट उस्तै मनको पिडा उस्तै, जाल बेग्लै भो!
[कहिले आँधि कहिले पवन, चाल बेग्लै भो!!]

सुस्त सुस्त बग्ने मनको आज, छाल बेग्लै भो!
कहिले आँधि कहिले पवन, चाल बेग्लै भो!!

“अधुरो जिन्दगी, अपुरो मान्छे [मिस्टर उदास]”

1 thought on “सुस्त सुस्त बग्ने मनको आज, छाल बेग्लै भो!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *