Skip to content


चाहिदैन, मलाई
तिम्रो माया बिस्वास
अनिजिबन भरिको साथ
किनकि,
सक्दिन स्विकार्न म
स्वार्थी माया
अनि अपुरो साथ
कति चोट दिन्छौ, देउ मलाई
हरेक पटक स्विकार्ने छु ।
किनकि,
चोट नै चोटको महल
बनाउनु छ , मलाई
जीवनको अन्तिम
स्वास सम्म पनि
सम्हाल्नेछु ।
बगेका यी मेरा आँसुहरु,
मेरो जिउने सहारा भनेकै,
तिमिले दिएका यी चोटहरु
किनकि
कल्पिएको माया मेरो
आज अधुरो बन्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *