रुद्र मिश्र, क्वालालम्पुर
२८ अगस्त २०११
अनाम-मन्डली मलेसियाको आयोजनामा आज मलेसियाको क्वाललम्पुर स्थित चौतारी रेस्टुरेन्टको हलमा नेपाली गजलका प्रणेता एवम् युवाकवि मोतीराम भट्टको १४५ औ जन्मजयन्ती सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमूख अथिति साहित्यकार मनि राई गोठाले र अध्यक्ष श्रीजनश्रीका साथै अन्य अतिथिहरूले मोतीराम भट्टको तस्विरमा माल्यार्पण गर्दै कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।
मोतीराम भट्ट विशेष उक्त कार्यक्रममा चार दर्जनभन्दा बढी गजल तथा कविताहरू वाचन भएका थिए । जसमध्ये दुई जनालाई आयोजकले अनाममण्डली मलेसियाले उत्कृष्ट छनौट गरेको थियो । उत्कृष्ट हुने सर्जकहरूमा मनोज विराली र केशव भट्टराई रहेका छन् ।
कार्यक्रमका अतिथि एवम् साहित्यकार जीवन देवान “गाउँले” प्रमूख अतिथि मनि राई “गोठाले” सर्जकहरू मनोज विराली, सोम सुवेदी, भरत अधिकारी, रमेश गोठालो लगायतका सर्जकहरूले मोतीराम भट्टको योगदानको चर्चा गर्नुभएको थियो । साथै कार्यक्रममा अन्य बिधा, पाटा र वाटाहरूको बारेमा पनि केन्द्रित रहेकोले अन्तरकृया कार्यक्रम जस्तै समेत भएको थियो ।
अनामण्डली मलेसियाका अध्यक्ष श्रीजनश्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन मण्डलीका सहसचिव रुद्र मिश्रले गर्नुभएको थियो ।

